×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समयमै काम सम्पन्न गर्ने ठेकदार र कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र दिने

LAXMI SUNRISE BANK

समयमै काम सम्पन्न गर्ने ठेकदार र कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र दिने

२३ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले समयमै काम सम्पन्न गर्ने ठेकदार र कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र दिने भएको छ । सरकारले आयोजना तथा सार्वजनिक खरिदका कार्यहरु तोकिएको समयमै नसकिने समस्या समाधान गर्न पहिलोपटक कानूनमा प्रोत्साहनमुलक व्यवस्था गरेको हो । सरकारले संसदमा दर्ता गरेको सार्वजनिक खरिद ऐन-२०६३ मा सरकारले पहिलोपटक सम्झौता गर्दा तोकिएको अवधिभित्र काम सकिए कर्मचारी र ठेकदारलाई पुरस्कार, प्रोत्साहन सुविधा र प्रशंसापत्र दिने व्यवस्था गरिएको छ ।
यो विधेयक जस्तोको तस्तै पारित भए सुरुमा निर्धारित समावधिभित्रै गुणस्तरीय रुपमा निर्माणको काम सक्ने व्यवसायीलाई पुरस्कार स्वरुप तोकिए बमोजिमको रकम र प्रशंशापत्र दिने प्रचलन सुरु भएको छ । त्यसैगरी समयमै राम्रो काम भएमा सरकारी अड्डाका कर्मचारीको हकमा पनि यस्तै व्यवस्था प्रस्ताव गरिएको छ । 
खरिद सम्बन्धी काम निर्धारित सुरु समयावधिभित्रै गुणस्तरीय रुपमा सम्पादन गरेर उत्कृष्ट नतिजा प्राप्त भएको आधारमा त्यस्तो खरिद कार्यमा संलग्न कर्मचारीलाई तोकिए बमोजिम प्रोत्साहन सुविधा दिन सकिने व्यवस्था गरिएको छ । तर, कानून विपरीत खरिदसम्बन्धी काम गरेको पाइएमा कर्मचारीलाई कारवाही गर्नसक्ने व्यवस्था पनि विधेयकमा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी