×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, स्वास्थ्य संकटकालबारे निर्णय गरिने

LAXMI SUNRISE BANK

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, स्वास्थ्य संकटकालबारे निर्णय गरिने

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । नयाँ मोडालिटीको लकडाउन र स्वास्थ्य संकटकालबारे निर्णय गरिने बताइएको छ ।
काठमाडौं उपत्यका लगायत देशभर उद्योगी तथा व्यवसायीहरुले सरकारको लकडाउनको आदेश अवज्ञा गर्दै पसलहरु खोल्न थालेपछि सरकार दबावमा परेको छ । यही अवस्थामा नयाँ मोडेलको लकडाउनबारे निर्णय हुने स्रोतले जनाएको छ । 
यस्तै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य संकटकाल घोषणाका लागि क्याबिनेटमा प्रस्ताव लगेका हुन् । मन्त्रिपरिषद बैठकले यसबारे पनि निर्णय गर्ने सम्भावना रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी