- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अव काठमाडौंमा पसल खोल्दा स्थानीय प्रशासनले अवरोध नगर्ने भएको छ । साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र व्यापारीबीचको छलफलमा पसल बन्द गर्न दबाब नदिने सहमति भएको हो ।
सोही अनुसार काठमाडौंमा पसल खोल्दा स्थानीय प्रशासनले अवरोध नगर्ने भएको हो । यसअघि लकडाउनकै विषयलाई लिएर उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो । बैठकले लकडाउन उल्लंघनबारे कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिमा जानकारी गराउने निर्णय गरेको छ ।