- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीको पहिलो संक्रमित १८ वर्षीय युवक कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराजले जनाएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटैल टोलका युवकमा गत वैशाख २९ गते कोरोना संक्रमण देखापरेको थियो । उनलाई सोही दिन गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा ल्याइएको थियो ।
२५ दिनपछि उनी निको भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । सप्तरीमा यो युवकसहित ५६ जना कोरोना संक्रमित छन् । संक्रमितको यही अस्पताल र साइकृष्णा अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।