×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्द भयो भारतीय चर्चित एटलस साइकल कम्पनी, सात सय जनाको रोजगारी गुम्यो

LAXMI SUNRISE BANK

बन्द भयो भारतीय चर्चित एटलस साइकल कम्पनी, सात सय जनाको रोजगारी गुम्यो

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतको चर्चित भारतीय साइकल ब्राण्ड एटलस साइकलले बुधबारदेखि आफ्नो सबै उत्पादन बन्द गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले अहिले वित्तीय समस्याको कारण कम्पनीको उत्पादन शुरु गर्न सकिने अवस्था नरहेको बताएको छ । यसअघि कम्पनीले सोही समस्याको कारण आफ्नो सहिबाबाद एकाइ बन्द गरेको थियो ।
भारतको हरियाणामा रहेको कम्पनीले सन् १९५१ मा साइकल उत्पादन शुरु गरेको थियो । सन् २०१४ र २०१८ मा गरी कम्पनीका दुई एकाइ यसअघि नै बन्द भइसकेका थिए । सन् २०१४ को डिसेम्बरमा कम्पनीले आफ्नो मध्य प्रदेशमा रहेको मलानपुरको एकाइ बन्द गर्ने निर्णय गरेको थियो । त्यस्तै सन् २०१८ मा सोनिपटको एकाइ बन्द भएको थियो । त्यसपछि कम्पनीको एउटा एकाइ मात्र सञ्चालनमा थियो । 
यस्तोमा कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले लगाएको नाकाबन्दीपछि आर्थिक दबाब खेप्न नसक्ने भएपछि बुधबारदेखि कम्पनीले आफ्नो सबै उत्पादन बन्द गर्ने निर्णय गरेको हो । बुधबारदेखि कम्पनीका सबै कर्मचारीले छुट्टी पाएका छन् । एक आंकलन अनुसार यो कम्पनीमा सात सय कर्मचारी छन् । जसमध्ये चार सयले प्रत्यक्ष र तीन सयले कम्पनीबाट अप्रत्यक्षरुपमा रोजगारी पाउँदै आएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी