- अर्थ सरोकार सम्बाददाता
मुगु । मुगुमा पनि १ जनामा कारोना संक्रमण पुष्टी भएको छ । बिहिवार बिहान कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्यावमा स्वाव पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले बताए । संक्रमित व्यक्ति खत्याड गाँउपालिका वडा नं २ घर भएका २७ वर्षिय युवा हुन् ।
उनी खत्याड गाउँपालिकाले स्थापना गरेको हलेखाड क्वारेन्टाइनमा बस्दै आएका थिए । कोरोना संक्रमित युवालाई बिहिबारै रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसुलेसनमा वार्डमा राखिएको छ । उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।