×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनस्तरबाट लकडाउनको व्यापक विरोध, बजार र यातायात स्वस्फूर्त खुल्दै

LAXMI SUNRISE BANK

जनस्तरबाट लकडाउनको व्यापक विरोध, बजार र यातायात स्वस्फूर्त खुल्दै

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सरकारले निर्णय गर्नुअघि नै सर्वसाधारणले बजार तथा पसल खोलेका छन् । जनस्तरबाट पट्यारलाग्दो लकडाउनको व्यापक विरोध भई विद्रोह हुने अवस्था देखिएपछि कतिपय स्थानीय सरकारहरुले लकडाउन खुकुलो बनाउने कार्यलाई सहजीकरण गरेका थिए । यहीकारण काठमाण्डौ बाहेक विभिन्न क्षेत्रका बजार तथा पसल स्थानीय सरकार र प्रशासनको पहल तथा समन्वय खुलेका छन् । सरकारले लकडाउनको अवधि मात्र लम्ब्याएर अर्थतन्त्रलाई थिलथिलो पारेको, लकडाउनकै बेला व्यापार नभएर चौपट भएको क्षेत्रलाई कर तिर्न भनेको भन्दै आक्रोशित व्यापारी व्यवसायीले स्वस्फूर्त रुपमा पसल तथा बजार खोलेका छन् ।

सर्वसाधारणले स्वस्फूर्त बजार खोल्न थालेपछि सरकारले समेत हस्तक्षेप गरेको छैन । जनस्तरबाट उठेको व्यापक विरोध थामिनसक्नु हुने आँकलनसहित सरकारले समेत लकडाउन उल्लंघन गरी बजार तथा पसल खोल्नेप्रति नरम रबैया देखाएको छ । देशका प्रमुख शहरहरु जस्तै, विराटनगर, इटहरी, धरान, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत, बुटवल, पोखरा लगायतका क्षेत्रमा स्थानीय सरकार र प्रशासनले बजार तथा पसल खोल्न सहजीकरण गरेका छन् । तर, त्यस्तो सहजीकरण काठमाण्डौमा भएको छैन ।  काठमाण्डौमा सर्वसाधारणले निजी सवारी साधन समेत चलाउन थालेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी