×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

Artha Sarokar

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पूष्टि भएको छ । भारतबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताए ।
उनले तीनै तहका सरकारबीच कामको तालमेल नमिल्दा र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत काम गर्नुपर्दा स्वास्थ्यकर्मीहरु जोखिममा परेको बताए । पीपीई लगायतका सुरक्षा सामग्री अभावमा काम गर्नुपरेको पनि उनले बताए । पर्याप्त र गुणस्तरयुक्त स्वास्थ्य सामग्री अभावले आफूलाई कोरोना संक्रमण भएको उनले बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी