
- अर्थ सरोकार सम्बाददाता
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका कार्यालयमा भएको आगलागीबारे छानबिन गर्न गाउँपालिकाले समिति गठन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सुकमाया थिङको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको गाउँपालिका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिए । समितिलाई १० दिनभित्र छानबिन प्रतिवेदन गाउँपालिकामा पेश गर्न समय दिइएको छ ।
गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेका बेला सौर्यऊर्जा प्रणालीबाट विद्युत् सर्ट हुँदा भएको आगलागीमा करीब चार करोड मूल्य बराबरको क्षति भएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताए । आगलागीबाट कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटरलगायत भौतिक सामग्री र भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । सो भवनमा १८ कोठा छन् । त्यहाँ विद्युत् सेवा नभएकाले सौर्य ऊर्जाबाट काम हुँदै आएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्