
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याणमा रहेका १२ सय नेपाली स्वदेश फर्कन तयार भएका छन् । कोरोनाका कारण अष्ट्रेलिया र न्युजिल्याण्डमा अप्ठ्यारोमा परेका १२ सय नेपालीले तत्काल नेपाल फर्कन माग गर्दै क्यानबेरास्थित नेपाली दुतावासले उपलब्ध गराएको फारम भरेका छन् । सरकारले स्वदेश फर्कन चाहने नेपालीलाई विवरण बुझाउन अनुरोध गरेपछि क्यानवेरास्थित नेपाली दूतावासले गत मे २९ तारिखमा नेपाल फर्कि हाल्नुपर्ने कारण खुलाएर अनलाईन फारम भर्न सूचना जारी गरेको थियो ।
फारम भर्ने अन्तिम दिन जुन २ तारिख साँझ ५ बजेसम्म १२ सय जना नेपालीले नेपाल फर्कन माग गर्दै अनलाईन फारम भरेको राजदूत महेशराज दाहालले जानकारी दिए । उनीहरूलाई अब विभिन्न चरणमा उद्दार गरिने बताइएको छ । मार्च २५ तारिखदेखि अष्ट्रेलियाले अन्तराष्ट्रिय उडान बन्द गरेर लकडाउन सुरु गरेको थियो ।
हवाई उडान बन्द भएपछि कार्यक्रममा भाग लिन आएका, छोराछोरी भेट्न आएका तथा विभिन्न भिजिट भिसामा आएका नेपालीहरु अष्ट्रेलिया र न्युजिल्याण्डमा फसिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्