
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसका एक लाख संक्रमित निको भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा करिब पाँच हजार संक्रमित निको भएसंगै निको हुनेको संख्या एक लाख ३०३ पुगेको छ । पछिल्लो समय भारतमा संक्रमितका साथै निको हुनेको संख्या पनि बढिरहेको छ ।
भारतमा अहिलेसम्म समग्र संक्रमितको संख्या दुई लाख सात हजार ६१५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ९०९ नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच हजार ८१५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २१७ जनाको मृत्यु भएको हो ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ७२ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिँदा दुई हजार ४६५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा २४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने १९७ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि २२ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा ५५६ जनाको मृत्यु भएको छ । गुजरातमा १७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार ९२ जनाको मृत्यु भएको छ ।
पश्चिम बंगालमा ६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा ३३५ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा आठ हजारभन्दा बढीमा संक्रमण देखिँदा २२२ जनाको मृत्यु भएको छ । बिहारमा चार हजार एक सयभन्दा बढी संक्रमित छन् भने २४ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्