
- अर्थ सरोकार सम्बाददाता
कैलाली । डडेल्धुरामा क्वारेटाइनमा बसेकी ३० वर्षीय महिलाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोटको क्वारेटाइनमा बसेकी महिलाको हिजो राती १० बजे मृत्यु भएको हो । ती महिला जेठ १८ गते भारतको नयाँ दिल्लीबाट गौरीफण्टा नाका हुँदै डडेल्धुरा फर्किएकी थिइन् । बेलुकाको खाना खाइसकेपछि सामान्य अवस्थामा रहेकी महिला राती श्रीमानसंग शौचालय गएकी थिइन् । त्यसपछि उनी शौचालयमै एक्कासी बेहोस भएको र मुखबाट रगत आएको गाउँपालिकाकी उपाध्यक्ष कमला ठगुन्नाले बताइन् ।
हिजो दिउँसो १२ बजे क्वारेटाइनको अनुगमन गर्दा उनलाई कुनै स्वास्थ्य समस्या थिएन । उपाध्यक्षका मृतक महिलालाई यस अगाडि अन्य स्वास्थ्य समस्या नभएको र कुनै प्रकारको औषधी पनि खाने गरेको थिइनन् । क्वारेन्टिनमा उनी आफ्ना श्रीमान्, साढे दुई वर्ष छोरा र ५ महिनाकी छोरीसहित बस्दै आएकी थिइन् । उनीहरू सबैको आज आरडिटी परिक्षण हुनेछ । तर पीसीआर परीक्षण सेवा भने धनगढीमा मात्र हुने भएकाले केही दिन लाग्ने उपाध्यक्ष ठगुन्नाले बताएकी छन् । उक्त क्वारेन्टिनमा ४० जना बस्दै आएका थिए । महिलाको मृत्यु भएपछि क्वारेन्टिन बसेकाहरूले सबैले कोरोना परीक्षणको माग गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्