
- अर्थ सरोकार सम्बाददाता
पाल्पा । पाल्पामा एक व्यक्तिको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार ४६ वर्षिय रामबहादुर मगरको मिसन अस्पतालको आइसोलेसमा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले मृत्यु भएका उनको स्वाब परीक्षणको रिपोर्ट नआएकाले कोरोना संक्रमणबाट मृत्यु भएको हो वा होइन भन्ने नखुलेको बताए ।
उनी पूर्वखोला गाउँपालिका १ सिलुवाका हुन् । उनी वडा नम्बर २ जल्पाको शम्भु माविको क्वारेन्टिनमा बस्दै आएका थिए । स्वास्थ्य अवस्था विग्रँदै गएपछि सोमबारमात्र उनलाई मिसन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले बताए । भारतको मुम्बईबाट आएका मगर जेठ १८ गते क्वारेन्टिनमा पुगेका थिए । मृतकको स्वाब संकलन गरी परीक्षणको लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । मृत्युपछि पुनः स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्