×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंगापुरमा आजबाट लकडाउन खुल्यो

LAXMI SUNRISE BANK

सिंगापुरमा आजबाट लकडाउन खुल्यो

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिंगापुरमा आजबाट लकडाउन खुलेको छ । सिंगापुर सरकारले आजबाट लकडाउन खोल्ने निर्णय गरेको हो । लकडाउन खोल्ने निर्णय भएसँगै आजबाट विद्यार्थीहरु स्कुल जान पाउनेछन् । यस्तै उद्योग तथा निर्माण क्षेत्रलाई पनि केही सर्त राखेर खुला गर्न अनुमति दिइएको बीबीसीले जनाएको छ ।
कोरोना भाइरस महामारीको प्रारम्भिक चरणमा त्यहाँको सरकार महामारी रोक्न सफल भएको थियो । तर अप्रीलमा पुन: कोरोनाले महामारीको रुप लिएपछि सरकारले लकडाउनमा कडाइ गरेको थियो । हालसम्म सिगापुरमा २४ जनाको मृत्यु भएको छ भने ३५ हजार २९२ कोरोना संक्रमित फेला परेका छन् । जसमा २२ हजार ४ सय ६६ निको भएर घर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी