×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपचारका क्रममा मृत्यु भएका स्याङ्जाका खड्कबहादुर कार्कीको कोरोना रिपोर्ट नेगेटिभ

LAXMI SUNRISE BANK

उपचारका क्रममा मृत्यु भएका स्याङ्जाका खड्कबहादुर कार्कीको कोरोना रिपोर्ट नेगेटिभ

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएका स्याङ्जा फेदीखोला गाउँपालिका– ५१ वर्षीय खड्कबहादुर कार्कीको कोरोना भाइरस संक्रमणसम्बन्धी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । उपचारका क्रममा पोखराको कोरोना विशेष अस्पतालमा मृत्यु भएपछि कोरोना परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो ।
एक साताअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेर घर फर्किएका कार्की अकस्मात् बिरामी भएपछि उनलाई उपचारका लागि पोखरा ल्याइएको थियो । क्वारेन्टाइन बसेर घर फर्किने क्रममा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । उपचारका क्रममा कार्कीको मृत्यु भएपछि अस्पताल प्रशासनले पुनः कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य प्रतिष्ठानकाको प्रयोगशालामा परीक्षण गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी