×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

LAXMI SUNRISE BANK

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वभर ६३ लाख ६५ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६३ लाख ६५ हजार ६२५ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५० जना नयाँ संक्रमित थपिएका छन् । 
यस्तै एकै दिन अरू ३ हजार १७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७३ हजार ४०७ पुगेको छ ।३० लाख ८४ हजार ८०० जनाको उपचार भइरहेकोमा ५३ हजार ४०२ जनाको अवस्था गम्भीर छ भने २९ लाख ३ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ७४ हजार ६५४ जनाको मृत्यु भएको छ । २० लाख ३४ हजार २६८ जना संक्रमित भएकोमा ९ लाख ९३ हजार ९५६ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २५ हजार ९१९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २० लाख ९७ हजार ९२५ पुगेको छ । जसमा ७ लाख ५९ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा ३१ हजार २७१ जनाको मृत्यु भएको छ । ११ लाख ६३ हजार ८३८ जना संक्रमित भएकोमा ७ लाख १२ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ४१ हजार ५४ जनाको मृत्यु भएको छ । ९ लाख ५ हजार ७८२ जना संक्रमित भएकोमा ३ लाख ६२ हजार ४६ जना संक्रमणमुक्त भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी