×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य सामग्री लिन चीनको चाङसा उड्यो हिमालय एयरलाइन्स, आजै साँझ ५ काठमाडौं फर्किने !

LAXMI SUNRISE BANK

स्वास्थ्य सामग्री लिन चीनको चाङसा उड्यो हिमालय एयरलाइन्स, आजै साँझ ५ काठमाडौं फर्किने !

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ ।  हिमालय एयरलाइन्सको जहाज स्वास्थ्य सामग्री लिन चीनको चाङसा उडेको  छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त जहाज आजै साँझ ५ बजे स्वास्थ्य सामग्री लिएर काठमाडौं फर्किनेछ ।
प्राधिकरणका उपनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले चीनको चाङसामा हिमालय एयरलाइन्सको कार्गो चार्टर्ड जहाज मेडिकल सामग्री लिन बिहान उडान गरेको बताए । उनले उक्त विमान साँझ ५ बजे सामग्री लिएर फर्किने समय तालिका रहेको पनि जानकारी दिए । यस्तै बिहान टर्किस एयरलाइन्स २ सय ६४ नागरिक बोकेर दोहा उडान गरेको छ । जसमा ७ जना बच्चा रहेको क्षेत्रीले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी