×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्याङ्जा र पर्वतमा थप १० जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या ३७ पुग्यो

LAXMI SUNRISE BANK

स्याङ्जा र पर्वतमा थप १० जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या ३७ पुग्यो

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्याङ्जा र पर्वत जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वत जिल्लामा भने पहिलो पटक एकैचोटी ५ जनामा कोरोना संक्रमण देखिएको हो । मं गलबार पर्वतको फलेवास नगरपालिकाका २० र ४० वर्षिय पुरुष, र महाशिला गाँउपालिका निवासी ३ जना १९, २०, २१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
त्यस्तै स्याङ्जाको चापाकोट नगरपालिका निवासी ४ जना २२, २६, ३२, ४० वर्षिय पुरुषहरु र विरुवा गाँउपालिकाका २० वर्षिय पुरुषसहित ५ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । हालसम्म ३ जना उपचारपछि निको भइ घरफर्किएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी