×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेको सवारी दुर्घटनामा परेका सबैको कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट !

PRIME CA

बाँकेको सवारी दुर्घटनामा परेका सबैको कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट !

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
नेपालगञ्ज । बाँकेको सवारी दुर्घटनामा परेका सबै जनाको कोरोना परीक्षण गरिएको छ । आइतबार राति बाँकेको राप्ती सोनारी गाउँपालिका-२ मा भएको हाइस दुर्घटनामा परेका सबैको पिसिआर नजिता नेगेटिभ आएको छ ।  
भेरी अस्पतालको प्रयोगशालामा सोमबार गरिएको कोरोना परीक्षणमा हाइसमा सवार ३३ जनाकै नजिता नेगेटिभ आएको हो । भारतका विभिन्न ठाउँबाट नेपाल फर्किएकाहरुलाई गन्तव्यतर्फ लैजाने क्रममा आइतबार राति १२ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जंगलान रोकिराखेको ट्रकमा ठोक्किदा घट्नास्थलमै ११ जनाको ज्यान गएको थियो भने अर्का एक जनाको भेरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । सोही दुर्घटनमा अन्य २१ जना घाइते भएका थिए । उनीहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: