×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि ठूला मात्रामा स्वास्थ्य सामग्री किन्दै सरकार

LAXMI SUNRISE BANK

कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि ठूला मात्रामा स्वास्थ्य सामग्री किन्दै सरकार

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले ठूलो मात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरेको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि सरकारले यस्तो तयारी थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. भोगेन्द्रराज डोटेलले सङ्क्रमित संख्या अनुमानभन्दा बढ्ने भएकाले ठूलो मात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरिएको बताए ।
उनले सङ्क्रमितको संख्या सोचेको भन्दा बढ्ने भएकाले तीन महिनालाई पुग्ने गरी एकै पटक सामग्री किन्ने तयारी गरिएको बताए । हिजोसम्म एक हजार ५६७ जना सङ्क्रमित देखिएका थिए । उनका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि इपिडिमियोलाजिष्टको समूह गठन गरेर उक्त समूहले कति आवश्यक सामग्री चाहिन्छ भनेर पहिचान गर्नेछ । उनका अनुसार पहिले एक हजार ५०० सङ्क्रमित हुने अनुमान गरेका थियौं । केही दिनअघि मात्र पाँच हजारको सङ्ख्यामा सङ्क्रमित हुने अनुमान गरिएको छ । 
दैनिक १५० जनाभन्दामाथि सङ्क्रमित देखिन थालेको र विदेशमा रहेका अलपत्रलाई नेपाल ल्याउने सरकारको निर्णयसँगै सङ्क्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ । अहिले महाशाखासँग एक लाख ७० हजार व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), १४ लाख मास्क, एक लाख ८० हजार एन ९५ मास्क, २८ हजार भिटिएम र ४० हजार आरडिटी मौज्दात छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी