
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । तिब्बत सरकारले प्रदेश १ लाई झन्डै पौने ८ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोनासँग जुध्न तिब्बतले प्रदेश १ सरकारलाई ७ करोड ७४ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तातरण गरेको छ । चीनले पठाएको स्वास्थ्य सामग्रीमा २ सेट पीसीआर मेसिन, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेसिन १ थान रहेका छन् । यस्तै आरडीटी किट १० हजार, भीटीएम भाएल १० हजार, स्वाब स्टिक २० हजार, पीपीई ५ हजार, एन ९५ मास्क ५ हजार, सर्जिकल मास्क २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आईआर थर्मोमिटर २ सय थान, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेसिन १ थान, ह्यान्ड सेनिटाइजर ५ सय मिलिलिटर छन् ।
मुख्यमन्त्री राईले उपलब्ध भएका स्वास्थ्य सामग्रीहरुले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्