×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अष्ट्रेलियामा ९२ प्रतिशत संक्रमित निको भए, रेष्टुरेन्ट, ब्युटी पार्लरलगायतका पसल खोल्न अनुमती दिईयो !

LAXMI SUNRISE BANK

अष्ट्रेलियामा ९२ प्रतिशत संक्रमित निको भए, रेष्टुरेन्ट, ब्युटी पार्लरलगायतका पसल खोल्न अनुमती दिईयो !

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अष्ट्रेलियामा कोरोना भाइरसका ९२ प्रतिशत संक्रमित निको भएका छन् । अष्ट्रेलियामा समग्र संक्रमितको संख्या सात हजार दुई सयको हाराहारीमा छ । तर, अहिले अस्पतालमा भर्ना भएका निको हुन बाँकी बिरामीको संख्या २१ छ ।
कोरोना भाइरसको संक्रमणमा कमी आएसँगै अष्ट्रेलियामा कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन पनि केही खुकुलो बनाइएको छ । सोमबारदेखि अष्ट्रेलियामा चिडियाखाना, संग्रहालयहरु पनि खुलेका छन् ।
अष्ट्रेलियाको धेरै मानिसको बसोवास रहेको न्यु साउथ वेल्समा क्याफे, रेष्टुरेन्ट, ब्युटी पार्लरहरु खोल्नका लागि पनि अनुमति दिइएको छ । साथै बढीमा ५० जना भेला हुन अनुमति दिइएको छ । छुट्टीमा घुम्न जान पनि अनुमति दिइएको छ । यद्यपि सकेसम्म भौतिक दुरी पालना गर्न सुझाइएको छ । अहिलेसम्म कोरोना भाइरसबाट अष्ट्रेलियामा १०३ जनाको मृत्यु भएको छ । कोरोना भाइरस नियन्त्रणको लागि सफल मानिएको अर्को मुलुक न्युजिल्याण्डमा केवल एकजना संक्रमित मात्र निको हुन बाँकी छन् । -बीबीसी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी