×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२१ बर्षीय युवकले एनआइसी एशिया बैंकको एटिएम फुटाए, पैसा चोर्न नपाउँदै प्रहरी आएपछि झाप्पु खाए… (भिडियो)

PRIME CA

२१ बर्षीय युवकले एनआइसी एशिया बैंकको एटिएम फुटाए, पैसा चोर्न नपाउँदै प्रहरी आएपछि झाप्पु खाए… (भिडियो)

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिलो समय एटिएम फुटाएर पैसा चोरी गर्न खोज्ने घटनाहरु दिनानुदिन बढीरहेका छन् । केहि समय अघि सुदुरपश्चिम प्रदेशको कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको एनआईसी एसिया बैंकको एटिएम तोडफोड गरी पैसा चोरी गर्न खोज्ने पक्राउ परेको घटना सेलाउन नपाउंदै भक्तपुरमा त्यस्तै घटना दोहोरिएको छ ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका- ६ बहाखाबजारस्थित एनआईसी एसियाको एटीएम फुटाउँदै गरेका एक युवकलाई शनिबार प्रहरीले एटिएम मेशिन फूटाउँदै गर्दा रंगेहात पक्राउ गरेको छ । सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर थिमि नपा (७ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले एटिएम मेशिन फुटाउँदै गर्दा मेशिन फुटाउन प्रयोग भएका समानसहित  विहान सवा दुई बजे पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार तामाङले सजीव चित्रकारको साढे चार तले घरको भूईतलामा रहेको एनआईसी एसिया बैंकको एटीएम फुटाएर पैसा चोरी गर्ने प्रयास गरिरहेको चाल पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा खटिएका प्रहरी टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक गिरीले बताएका छन् । 
प्रहरी टोलीले तामाङलाई एकथान ह्याम्मर, एकथान स्क्रुसहित नियन्त्रणमा लिएको छ । हाल तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखिएको छभने थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। घटनापछी बैंकको उक्त एटिएमको सेवा प्रभावित भएको छ । बैंकिङ ब्युरो, अर्थ सरोकार, काठमाडौँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: