- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गएराति भएको बस दुर्घटनामा घाइते भएका २१ जनाको नामावली नेपाल प्रहरीले सार्वजनिक गरेको छ । घाइते भएकाहरु दाङ, सल्यान र रोल्पाका छन् । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृतकहरुमध्ये गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको र अन्यको सनाखत गर्ने क्रम जारी रहेको बाँके प्रहरीले जनाएको छ ।
घाइतेहरुको नामावली
१. दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
२.दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
३. दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
४. दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
५. दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
६. दाङ जिल्लाका २० वर्षीय भरत थापा
७. रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
८. ऐ. का २० वर्षीय वीरेन्द्र परियार
९. ऐ.का १८ वर्षीय पुरन परियार
१०. रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
११. रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब। बिक
१२. सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक
१३. सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
१४. सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
१५. सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
१६. सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
१७. सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
१८ . सल्यान जिल्लाका शिव भण्डारी
१९. सल्यान जिल्ला सिद्धकुमाख गा.पा.५ का २६ वर्षीय निम बहादुर बादी
२०. ऐ. का १८ वर्षीय देवेन्द्र बुढाथोकी
२१. ऐ. का १७ वर्षीय ज्ञान बहादुर बोहरा ।