×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावरको खुद नाफामा १०८.१६% को छलाङ, जगेडा कोषमा २८ करोड १ लाख ३६ हजार रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अपि पावरको खुद नाफामा १०८.१६% को छलाङ, जगेडा कोषमा २८ करोड १ लाख ३६ हजार रुपैयाँ

Artha Sarokar

३० बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अपि पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १०८.१६% ले बढाएर १२ करोड ६२ लाख ६७ हजार रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले  ६ करोड ६ लाख ५८ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट र अन्य स्रोतबाट हुने आम्दानी पनि बढेको छ । कम्पनीका अनुसार विद्युत् बिक्रीबाट हुने आम्दानी १८.८८% ले बढेको छ भने अन्य स्रोतबाट हुने आम्दानी बढेर ६ करोड २९ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।
यस्तै चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९३ पैसाले बढेर वार्षिक ८ रुपैयाँ ७२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ५२ पैसा छ । साथै जगेडा कोषमा २८ करोड १ लाख ३६ हजार रुपैयाँ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी