×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतबाट दमौली आएका ३ सय २१ जनाको कोरोना परीक्षण, यस्तो आयो ‘रिपोर्ट’

LAXMI SUNRISE BANK

भारतबाट दमौली आएका ३ सय २१ जनाको कोरोना परीक्षण, यस्तो आयो ‘रिपोर्ट’

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दमौली । भारतबाट जिल्ला फर्किएर क्वारेन्टिनमा बसिरहेका तनहुँका ३२१ जनाको स्वाब परीक्षण गरिएको छ। उक्त परीक्षणमा १८० को रिपोर्ट नेगेटिभ आएको छ भने १४१ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । 
क्वारेन्टिनमा बसेका नागरिकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएकामा १८० को रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले रिपोर्ट नेगेटिभ आएकामध्ये २६ महिला र १५४ पुरुष रहेको जानकारी दिए।
कार्यालयका अनुसार व्यास नगरपालिकाका ५४, शुक्लागण्डकी नगरपालिकाका ३९ र भीमाद नगरपालिकाका ४८ को रिपोर्ट आउन बाँकी रहेको छ । जिल्लाका १० स्थानीयका क्वारेन्टिनमा आजसम्म ४६९ जना पुगेका छन् भने ५६७ श्ययाको क्वारेन्टिन बनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी