×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक लाख घुससहित पक्राउ परेका वन प्रमुखलाई ६ लाखको भ्रष्टाचार मुद्दा

LAXMI SUNRISE BANK

एक लाख घुससहित पक्राउ परेका वन प्रमुखलाई ६ लाखको भ्रष्टाचार मुद्दा

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अख्तियार दु्रुपयोग अनुसन्धान आयोगले बैशाख २८ गते एक लाख रुपैयाँ घूस रकमसहित रंगेहात पक्राउ परेका डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसादविरुद्ध ६ लाख बिगो मागदाबीसहित विशेष अदालतमा दर्ता गरेको छ । आयोगले प्रसादविरुद्ध ६ लाख बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा आइतबार विशेष अदालतमा दर्ता गरेको हो । 
आयोगले अभियोगपत्रमा प्रमुख प्रसादले ६ लाख रुपैयाँ घूस लिएर चुनढुङ्गा उत्खननको अनुमति दिन सहमति जनाएकाले यसमा उनको बदनियत मनसाय पुष्टि भएकाले सोही अनुसारको बिगो मागदाबी गरेको जनाएको छ ।आयोगको अनुसन्धानमा उनले विभिन्न बहाना बनाई चुनढुङ्गा उत्खनन गर्न रोक लगाई घूस रकम माग गरेका थिए । 
उनले चुनढुङ्गा निकासी गर्न छोडपूर्जी दिने शर्तमा एकलाख तत्काल र ५ लाख रुपैयाँ काठमाडौंमा लिने सहमति जनाएका थिए।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी