×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख बढी, लकडाउन खोल्न सबैतिर हतारो

LAXMI SUNRISE BANK

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख बढी, लकडाउन खोल्न सबैतिर हतारो

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ब्रासिलिया । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट आइतबारसम्म ६० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो पटक ब्राजिलमा दैनिक संक्रमितको संख्या निकै बढी देखिएको छ । दक्षिण अमेरिकी मुलुकहरुमा आउँदो सप्ताह पनि निकै सकसपूर्ण हुने अनुमान गरिएको छ । कोरोनाभाइरस संक्रमितको संख्या वा मृत्यु हुने व्यक्तिको संख्यामा कमी आउने कुनै लक्षण देखिएका छैनन् । खासगरी ब्राजिलमा राष्ट्रपति जेयर बोल्सोनारो र अरु प्रमुख नेताहरुबीच नै भाइरसलाई लिएर मतभिन्नता कायमै छ । 
ब्राजिलमा संयुक्तराज्य अमेरिकापछि सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित छन् । यहाँ संक्रमितको संख्या पाँच लाख नाघिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या ३० हजार पुग्न लागेको छ । कोरोना प्रसार रोक्न जारी लकडाउन यथावत राख्ने वा हटाउने भन्नेमा नेताहरुबीच मतैक्य हुन सकेको छैन ।
राष्ट्रपति जेयर बोल्सोनारोको विचारमा लकडाउनबाट अर्थतन्त्रमा पुग्ने असर भाइरस भन्दा खतरनाक हुनेछ । उनले मुलुकका गभर्नर र मेयरहरुलाई लकडाउनको विकल्प खोज्न निरन्तर आग्रह गरिरहेका छन् । विश्वभर कोरोनाका कारण तीन लाख ६८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएसँगै संयुक्तराज्य अमेरिका, युरोप र एसियाका धेरै मुलुकले लकडाउन हटाउने वा जनजीवनलाई खुकुलो बनाउनेतिर ध्यान दिन थालेका छन् । 
युरोपेली युनियनले एक विज्ञप्ति प्रकाशन गरी देशहरुबीच थप सहयोग बढाई सामूहिक समाधान खोज्न आग्रह गरेको छ । जर्मनीका स्वास्थ्यमन्त्री हेन्स स्पाहनले विश्वस्वास्थ्य संगठनको सहयोग कटौती गर्ने अमेरिकी प्रशासनको निर्णय निकै निराशाजनक रहेको प्रतिक्रिया दिएका छन् । यसैबीच राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा अर्को महिनाका लागि डाक्नुभएको जी७ को बैठकमा जर्मन चान्सलर एन्जेला मर्केल सहभागी नहुने घोषणाले पनि विश्व जनमत अझै विभाजित रहेको देखाउँछ । 
कोरोनाभाइरसको प्रसार रोक्ने प्रयासस्वरुप जारी लकडाउनले जनजीवन र अर्थव्यवस्था तहसनहस हुन लागेको भन्दै धेरै मुलुकले लकडाउनलाई खुकुलो बनाउन थालेका छन् । केही विज्ञहरुले लकडाउन खोल्नासाथ दोस्रो चरणको भाइरस प्रसार हुने खतरा औंल्याएका छन् । 
सोमबार लकडाउन हटाउने तयारी गरेको बेलायतमा सरकारका वरिष्ट सल्लाहकारहरुले लकडाउन खोल्न हतारिनु नहुने प्रतिक्रिया दिएका छन् । कोरोनाभाइरसका संक्रमितको संख्या डरलाग्दो गरी बढेको देखिए पनि भारतले शनिबार आगामी जुनको पहिलो सातासम्ममा लकडाउन खोल्नेगरी तयारी गरेको घोषणा गरेको छ । 
इरानमा पनि मस्जिदहरुमा सामूहिक प्रार्थनाका लागि खुला गर्न सकिने घोषणा गरेको छ । जेरुसेलमको अल–अक्सा मस्जिदको परिसर पनि प्रार्थनाका लागि आइतबार पुनः खुला गरिएको छ । संयुक्तराज्य अमेरिकी राजधानी वासिङ्टनमा रेस्टुराँहरु खुल्न थालेका छन् भने लस एन्जलसमा पनि रेस्टुराँ र सैलुनहरु खुलेका छन् । 
करिब २१ हजार ५०० व्यक्तिको मृत्यु भएको न्यूयोर्क शहर अगामी जुन ८ तारिखदेखि खुला हुँदैछ । अमेरिकामा कोरोनाभाइरसबाट एक लाख ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने झण्डै १७ लाख मानिस संक्रमित छन् । – एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी