×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौसम : देशको अधिकांश स्थानमा वर्षा, केही स्थानमा चट्याङको सम्भावना

LAXMI SUNRISE BANK

मौसम : देशको अधिकांश स्थानमा वर्षा, केही स्थानमा चट्याङको सम्भावना

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार आर्यालले ती मौसमी प्रणालीको प्रभाव भोलिबाट क्रमशः हट्दै जाने जानकारी दिए । हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षा भएको छ । 
धेरैसजो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव छ डिग्री र अधिकतम तापक्रम २७ दशमलव चार डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव शून्य डिग्री र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३४ दशमलव एक डिग्री सेल्सियस रहेको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी