×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना उपचार कोषमा जम्मा भएको रकम खर्च गर्न थालियो, दुई दर्जन जिल्लामा पठाइने

LAXMI SUNRISE BANK

कोरोना उपचार कोषमा जम्मा भएको रकम खर्च गर्न थालियो, दुई दर्जन जिल्लामा पठाइने

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको रकम खर्च गर्न थालेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस कोषबाट पहिलो पटक दुई दर्जन जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई रकम पठाइएको छ । कार्यालयका अनुसार पहिलो पटक यस कोषमा जम्मा भएको रकमबाट ५ करोड १७ लाख ७९ हजार रुपैयाँ जिल्लामा पठाइएको हो । यसमध्ये काठमाडौंस्थित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का नाममा १ करोड ३९ लाख ७९ हजार रुपैयाँ पठाइएको छ । डडेल्धुरामा जिल्ला अस्पताल, मकवानपुरमा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका नाममा पनि रकम पठाइएको छ ।
चितवनको भरतपुर अस्पताल, तनहुँको जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, कपिलवस्तु र रुपन्देहीमा जिल्ला प्रशासन कार्यालयले खर्च गर्ने गरी रकम पठाइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । त्यस्तै नवलपरासी पश्चिम, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा, सप्तरी, मोरङ, झापा र इलामको जिल्ला प्रशासन कार्यालयका नाममा समेत ५र५ लाखका दरले रकम पठाइएको छ । कोशी अस्पताल विराटनगर र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीलाई समेत कोषबाट क्रमशः १ करोड र ६८ लाख रुपैयाँ पठाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना कोषमा २ अर्ब ३० करोड ५ लाख रुपैयाँ जम्मा भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी