×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामग्री सहयोग

LAXMI SUNRISE BANK

पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामग्री सहयोग

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रुपन्देही । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीका पत्रकारका लागि सुरक्षा सामग्री उपलब्ध गराएका छन् । सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क आज नेपाल पत्रकार महासङ्घ रुपन्देहीलाई हस्तान्तरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीका सचिव निर्मल जिसी, प्रचार विभाग प्रमुख मोहन चापागाईँ र क्षेत्र नं २ का संयोजक तेजेन्द्र केसीले प्रेस अङ्कित ज्याकेट र मास्क महासंघलाई हस्तान्तरण गरेका हुन् । 
उक्त अवसरमा नेकपा रुपन्देहीका सचिव जिसीले महामारीका संकटमा परिचयसहित कार्यथलोमा खटिँदा पत्रकारलाई केही हदसम्म सुरक्षा कायम हुन सक्ने बताए । नेकपा महासचिव तथा रुपन्देहीका प्रतिनिधिसभा सदस्य पौडेलले कोरोना महामारीका बेलामा अग्रमोर्चामा खटिने पत्रकारका लागि उक्त सामग्री उपलब्ध गराएको नेकपा प्रचार विभाग प्रमुख चापागाईँले बताए । प्राप्त सामग्री महासंघका सदस्यलाई वितरण गरिने अध्यक्ष यानेन्द्र जिसीले जानकारी दिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी