×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश १ का ९ जिल्लामा फैलियो कोरोना, १६० जनामा संक्रमण पुष्टी, ३० जना निको भएर घर फर्किए !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रदेश १ का ९ जिल्लामा फैलियो कोरोना, १६० जनामा संक्रमण पुष्टी, ३० जना निको भएर घर फर्किए !

Artha Sarokar

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कचनकवल
  • अर्थ सरोकार सम्बाददाता 
धनकुटा । प्रदेश नं.१ का ९ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । शनिवार संखुवासभामा कोरोना संक्रमित भेटिएसँगै कोरोना भाइरस ९ जिल्लामा फैलिएको हो । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संखुवासभाको खाँदबारीका २३ बर्षीय पुरुष र पाँचखपनका २२ बर्षीय पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संखुवासभाका दुई र झापाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६० पुगेको छ । 
जसमा ३० जना भने निको भइसकेका छन् ।  प्रदेश १ मा सबैभन्दा बढी झापामा १०६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै उदयपुरमा ३३, धनकुटामा ७, मोरङ ६, सुनसरीमा ३ र संखुवासभामा २ जनामा संक्रमण देखिएको हो । यता खोटाङ, भोजपुर र सोलुखुम्बुका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ का १४ जिल्ला मध्ये पाँचथर, ईलाम, तेह्रथुम, ताप्लेजुङ र ओखलढुंगामा कोरोना संक्रमित भेटिएका छैनन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी