×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको खुद नाफा १०.२६%% ले बढ्यो, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थमा गिरावट ! (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शिखर इन्स्योरेन्सको खुद नाफा १०.२६%% ले बढ्यो, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थमा गिरावट ! (विवरणसहित)

Artha Sarokar

३० बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३६ करोड ३३ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वशको भन्दा १०.२६% ले धेरै हो । कम्पनीले गत वर्षको यसै अवधिमा भने ३२ करोड ९५ लाख १८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 
शिखरको रिजर्भ कोष भने १९.३३% ले घटेको छ । बिमा कोषमा १६.५२% ले सुधार हुँदै १ अर्ब २३ करोड १९ लाख ७१ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क ११.९७% र चुक्ता पुँजी ६६.३२% ले बढेको छ । 
यता कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १६ पैसाले घटेर २७ रुपैयाँ ९३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ पनि ६७ रुपैयाँ ८७ पैसाले घटेर २१६ रुपैयाँ ३९ पैसामा सीमित भएको वित्तीय विवरणमा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी