×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकले नयाँ सफ्टवेयर जडान गरेसंगै सबै ग्राहकको खाता नम्बर परिवर्तन, यसरी लिनुस् नयाँ

LAXMI SUNRISE BANK

प्रभु बैंकले नयाँ सफ्टवेयर जडान गरेसंगै सबै ग्राहकको खाता नम्बर परिवर्तन, यसरी लिनुस् नयाँ

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रभु बैंकले नयाँ सफ्टवेयर जडान गरेको छ । नयाँ  सफ्टवेयर जडान गरेसंगै बैंकका सम्पूर्ण ग्राहकको खाता नम्बर परिवर्तन भएको हो  । बैंकको बैंकिङ सफ्टवेर प्रतिस्थापन गर्ने कार्य सकिएको र त्यस क्रममा साविकको खाता नम्बर परिवर्तन भएको बैंकले जनाएको छ । 
खाता परिवर्तन भएसंगै बैंकले नयाँ खाता नम्बर लिन ग्राहकलाई आग्रह गरेको छ । बैंकले मोवाइल बैंकिङ सेवा लिएका ग्राहकहरुलाई नयाँ खाता नम्बर एसएमएसमार्फत उपलब्ध गराईने र अन्य ग्राहकहरुले अनुकुल भएका जुनसुकै शाखाबाट पनि खाता नम्बर लिन सक्ने ब्यबस्था गरिएको छ । खाता नम्बर लिन अनुकुल नभएमा तत्कालका लागि पुरानै खाताबाट समेत कारोबार गर्न सकिने बैंकले प्रष्ट पारेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी