×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको भ्याक्सिन यसै वर्षको अन्तमा विश्वबजारमा आउने चीनको दाबी

LAXMI SUNRISE BANK

कोरोनाको भ्याक्सिन यसै वर्षको अन्तमा विश्वबजारमा आउने चीनको दाबी

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कोरोना भाइरसविरुद्ध चीनले बनाएको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो दाबी गरेको हो ।
वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका छन् । सो भ्याक्सिनको परीक्षण २ हजार जना व्यक्तिमा गरिसकिएको छ । हाल दोस्रो चरणको परीक्षण जारी छ ।
मे महिनाको २९ तारिखमा चीनको सामाजिक सन्जाल वी च्याटमा सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले यसैबारे एक पोष्ट गरेको थियो । त्यसमा लेखिएको छ– यो भ्याक्सिन यसै वर्षको अन्तिममा वा अर्को वर्षको सुरुवातमा बजारमा आउन सक्छ । भ्याक्सिन दोस्रो चरणको परीक्षणमा गएको छ ।
चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद, राज्यपरिषद अन्तर्गतको मन्त्रीस्तरीय संगठन हो । कोरोना भाइरसको संक्रमण चीनको वुहानस्थित एक पशुपंछी बजारबाट सुरु भएको थियो । तर यसको औषधि अझै पत्ता नलाग्दा विश्वभर महामारीको रुप लिएको छ ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ६० लाख ५४ हजार १ सय ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ लाख ६८ हजार ७ सय ११ जनाको मृत्यु भइसकेको छ । – एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी