×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘शुक्रबारसम्म २०६ जना कोरोना संक्रमित निको भएर घर फर्किए’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘शुक्रबारसम्म २०६ जना कोरोना संक्रमित निको भएर घर फर्किए’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

Artha Sarokar

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । २०६ जना कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबारसम्म २०६ जना कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किएको जनाएको हो । 
मन्त्रालयले आजसम्म प्रदेश १ मा ३० जना, प्रदेश २ मा १०२ जना, बागमती प्रदेशमा २० जना, गन्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ४७ जना र सुदूरपश्चिचम प्रदेशमा ५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् जनाएको हो । आज कोरोना भाइरसको संक्रमण भएका एक व्यक्तिको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका अर्घाखाँचीका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । 
भारतबाट फर्किएका उनको गत १० जेठमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यस्तै नेपालमा आज मात्रै १ सय ७० जनामा संक्रमण पुष्टी भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी