- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससमा एसियन लाइफ इन्स्योरेन्सले १८ करोड २१ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ३९.३१% ले बढी हो ।
कम्पनीको जीवन बिमा कोष र खुद बिमा शुल्क पनि बढेको छ । कम्पनीका अनुसार जीवन बिमा कोष २६.१७% र खुद बिमा शुल्क ४८.१०% ले बढेर ४ अर्ब ५९ करोड ९ लाख ७० हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म कम्पनीको जगेडा कोषमा ७३ करोड ४ लाख २१ हजार रुपैयाँ जम्मा भएको छ भने प्रतिसेयर आम्दानी वार्षिक १२ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ८४ करोड रुपैयाँ छ ।