×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनका विषयमा डोनल्ड ट्रम्पले आज पत्रकार सम्मेलन गर्ने, ठूलो घोषणाको सम्भावना !

LAXMI SUNRISE BANK

चीनका विषयमा डोनल्ड ट्रम्पले आज पत्रकार सम्मेलन गर्ने, ठूलो घोषणाको सम्भावना !

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अमेरिका र चीनबीच चलेको तनावका क्रममा शुक्रवार निकै महत्त्वपूर्ण घोषणा हुने सम्भावना देखिएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनका सम्बन्धमा विशेष पत्रकार सम्मेलन गरेर ठूलै घोषणा गर्ने संकेत दिएका छन् । बिहीवार उनले पत्रकार सम्मेलनको जानकारी दिएका थिए । कोरोनाभाइरसका सम्बन्धमा, हङकङको सुरक्षाका विषयमा चीनले ल्याएको कानून, भारतसँग चीनको सीमा विवाद, चीनले उइगुर समुदायमाथि गरेको भनिएको दमनमध्ये कुनै विषयमा ट्रम्पले बोल्ने अपेक्षा छ । 
भारत र चीनबीच चलिरहेको सीमा विवादमा मध्यस्थताको प्रस्ताव गरेका ट्रम्पले बेइजिङको हर्कतका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदी राम्रो मूडमा नरहेको बताए । मोदीसँग यसबारेमा आफूले कुरा गरेको र कुराका क्रममा मोदीको मूड ठीक नपाएको ट्रम्पले जानकारी दिए । तर भारत सरकारका शीर्ष अधिकारीले चीनसँगको सीमा विवादका विषयमा मोदी र ट्रम्पबीच कुरा नभएको बताएका छन् । 
चीनका विषयमा गर्न लागिएको पत्रकार सम्मेलनमा कोरोनाको मुद्दा सर्वोपरि हुने पक्का छ । ट्रम्प प्रशासनले विगत केही समययता कोरोनाभाइरसको विषयमा चीनमाथि लगातार दबाब दिइरहेको छ । चीनले कोरोनाका विषयमा संसारलाई दिग्भ्रमित गरेको र जानकारीहरू लुकाएको वाशिङटनको आरोप छ । कोरोना र त्यसले अमेरिकामा पुर्‍याएको भीषण क्षतिका लागि चीन जिम्मेवार रहेको भनी ट्रम्पले बताउँदै आएका छन् । 
पत्रकार सम्मेलनमा ट्रम्पले हङकङमा चीनको कडा सुरक्षा कानूनका विषयलाई पनि उठाउने सम्भावना छ । चीनको संसद्ले बिहीवार हङकङका लागि नयाँ सुरक्षा कानूनलाई स्वीकृति दिएको छ । यसलाई अमेरिका तथा पश्चिमी मुलुकहरूले हङकङवासीको सुरक्षामाथिको आक्रमण भनिरहेका छन् । 
अनि उइगुर मुसलमानहरूमाथि चीनले अत्याचार गरिरहेको भनी अमेरिका लगायतका मुलुकले आरोप लगाइरहेका छन् र त्यसलाई पनि ट्रम्पले सम्बोधन गर्ने अपेक्षा छ । शिनजियाङ प्रान्तमा लगभग २० लाख उइगुर मुसलमानहरूलाई श्रम शिविरमा राखेर अत्याचार गरिएको आरोप छ । यस विषयमा बनेको एउटा कानूनमा पनि ट्रम्पले शुक्रवार हस्ताक्षर गर्न सक्छन् । 
दुई दिनअघि मात्र अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले उइगुर ह्युमन राइट्स पोलिसी याक्ट २०२० लाई स्वीकृति दिएको छ । यस ऐनमा उइगुर मुसलमानहरूमाथि अत्याचार गर्ने चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाउन सकिने प्रावधान छ । -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी