×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुमा एकैदिन फेला परे २७ जना कोरोना संक्रमित, संक्रमितको संख्या १ सय ३६ पुग्यो !

LAXMI SUNRISE BANK

कपिलवस्तुमा एकैदिन फेला परे २७ जना कोरोना संक्रमित, संक्रमितको संख्या १ सय ३६ पुग्यो !

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कपिलवस्तु । कपिलवस्तुमा एकैदिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणबाट उनीहरूमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो।
बिहीबार साँझ कोरोना संक्रमण पुष्टि हुनेहरू जिल्लाको विजयनगर गाउँपालिका, कपिलवस्तु नगरपालिका र महाराजगञ्ज नगरपालिकाका हुन् । जसअनुसार कपिलवस्तु नगरपालिकाका १७, विजयनगर गाउँपालिकाका ९ जना र महाराजगन्ज नगरपालिकाका एक जना छन् । कपिलवस्तु वडा नं ८ का मात्रै १२ जनामा संक्रमण पुष्टि भएको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए । 
यस्तै कपिलवस्तु नगरपालिका वडा नं. ११ का ३ जना, वडा नं. १० र ७ का १/१ जना रहेका छन् । विजयनगर गाउँपालिकाको वडा नं. ७ का ६ जना, वडा नं ३ का २ जना र वडा नं.५ का एक जना रहेका छन् । यस्तै कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नंं. ७ का ३० वर्षका एक पुरूषमा पनि बिहीबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १ सय ३६ पुगेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी