×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धमाधम कोरोनाका नयाँ संक्रमित भेटिन थालेपछि दक्षिण कोरियाका २५१ विद्यालय पुन: बन्द, त्रासमा बालबालिका !

LAXMI SUNRISE BANK

धमाधम कोरोनाका नयाँ संक्रमित भेटिन थालेपछि दक्षिण कोरियाका २५१ विद्यालय पुन: बन्द, त्रासमा बालबालिका !

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कोरोना भाइरसका नयाँ संक्रमित बढेपछि दक्षिण कोरियाले मुलुकका २५१ विद्यालय पुनः बन्द गराएको छ । संक्रमितको संख्यामा निरन्तर कमी आएसँगै केही दिनअघि दक्षिण कोरियामा विद्यालय खोलिएको थियो । पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा कोरोना भाइरसका ५६ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन दक्षिण कोरियामा ७९ नयाँ संक्रमित फेला परेका थिए । यो संख्या दक्षिण कोरियाका लागि पछिल्लो दुई महिनायताकै सबैभन्दा धेरै थियो ।
अहिले फेला परेकामध्ये अधिकांश संक्रमित दक्षिण कोरियाको पश्चिमी क्षेत्र बचुनमा रहेको एक डिस्ट्रिब्युसन सेन्टरमा पाइएको थियो । बचुन एक घना बस्ती भएको क्षेत्र हो । त्यसैले अधिकारीहरूले यो क्षेत्रमा कोरोना भाइरसका संक्रमितको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । बचुनमा मुलुकको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी कुपांगको कार्यालय छ । अधिकारीहरूले यो कम्पनीले संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम नचालेको आरोप लगाएका छन् ।
त्यसैगरी, अहिले दक्षिण कोरियामा यो कम्पनीका कर्मचारीसँग सम्पर्कमा आएका मानिसको कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको काम भइरहेको छ । संक्रमणको दर बढेसँगै बचुन सहरका २५१ विद्यालय पुनः बन्द गरिएको हो । विद्यालय खोल्ने तयारीमा रहेकाहरूले पनि निर्णय परिर्वतन गरेका छन् । सरकारले दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनको लागि भौतिक दूरी कायम राख्नेलगायतका नियममा कडाइ गरेको छ । -बीबीसी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी