×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : पूर्वी नवलपरासीको देवचुलीमा थप दुई जनामा कोरोना पूष्टि

LAXMI SUNRISE BANK

कोरोना अपडेट : पूर्वी नवलपरासीको देवचुलीमा थप दुई जनामा कोरोना पूष्टि

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन ।  भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी अनुसार ७३ जनाको बिहीबार परीक्षण गर्दा ७१ जनामा नेगेटिभ र नवलपुरका दुई जनामा पोजेटिभ आएको हो । भरतपुर अस्पतालले शुक्रबार बिहान सूचना निकालेर यसको औपचारिक जानकारी गराएको छ ।
कोरोना संक्रमितहरु देवचुली नगरपालिका ११ र १५ वडाका बासिन्दा हुन् । दुवै जना जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । योसहित चितवनमा १७ सय ५ वटा नमूना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि भएको छ । १० जनामध्ये चार जना देवचुलीकै छन् । कुल संक्रमितमा नवलपुरका पाँच र चितवनका पाँच जना छन् । चितवनका दुई जना निको भएर फर्केका छन् । 
अहिले भरतपुर अस्पतालमा एक जना, कोरोना अस्पतालमा पाँच जना छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले देवचुलीका दुई जनामा कोरोना पुष्टि भएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी