काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड बजेट छुटयाएको बताए छन् । अर्थमन्त्रीले बजेटमार्फत यस्तो बताएका हुन् । उनले यो कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजाने बताए ।
कृषि क्षेत्रमा श्रम परिचालन व्यवसायीकरण, यान्त्रिकरण गर्ने प्रोत्साहत गर्ने बताए । दुध, तरकारी, मासुमा आगामी आवमा आत्मनिर्भर हुने र चैते धान, बसन्त मकैलाई प्रोत्साहत गर्ने उल्लेख गरेका छन् । सामुहिक खेती गर्नेलाई अनुदान दिने बताए । त्यसको लागि स्थानीय तहलाई १ अर्ब दिने बताए ।