- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले लकडाउनका कारण बन्द हुनु पुगेका उत्पादन मुलक उद्योगका विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ । बिहिबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । लकडाउन अवधिभर बन्द उद्योगले विद्युतको डिमाण्ड शुल्क छुट पाउने र माग कम हुने समयको विद्युत खपतको महशुलमा ५० प्रतिशुत छुट पाइने सरकारले घोषणा गरेको छ ।
यस्तै सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक बर्ष २०७७-७८का लागि सरकारको राजश्व र व्ययको अनुमान बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्योग व्यवसायको पुर्नरुत्थानका लागि पुर्नकर्जाका लागि छुट्टै कोष स्थापना गरिने जानकारी दिनुभएको हो । होटल लगायत पर्यटन मुलुक क्षेत्रका उद्योग व्यवसायलाई ५ प्रतिशत सम्मको व्याजदरमा कर्जा उपलब्ध गराउने गरी नेपाल राष्ट्रबैकले १ खर्ब सम्मको पुर्नकर्जा उपलब्ध गराउने भएको छ ।
त्यसैगरी कोरोना प्रभावित पर्यटन व्यवसायीका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुटै कोष स्थापना गरिने भएको छ । यो कोष नेपाल राष्ट्रबैक मार्फत सञ्चालन हुने छ । यसमा सरकार, सरकारी स्वामित्वका सार्वजनिक संस्थान र दात्तृ निकायबाट प्राप्त हुने रकम रहने व्यवस्था मिलाईएको छ ।
निर्माण, यातायात, आमसञ्चार तथा चलचित्र लगायतको क्षेत्रमा परेको प्रभाव सम्बोधन गर्न इजाजतपत्र तथा उपकरणको नविकरण दस्तुरमा छुट तथा चालु पूँजीका लागि कर्जा सुविधा, लकडाउन अवधि भरका लागि ठेक्का तथा बैक ग्यारेण्टीको म्याद थपको व्यवस्था गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्