×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ बजे मन्त्रिपरिषद् बैठक बस्दै, आजै ४ बजे अर्थमन्त्रीले बजेट वक्तव्य प्रस्तुत गर्ने !

LAXMI SUNRISE BANK

२ बजे मन्त्रिपरिषद् बैठक बस्दै, आजै ४ बजे अर्थमन्त्रीले बजेट वक्तव्य प्रस्तुत गर्ने !

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बदाताता 
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बिहिबार दिउँसो २ बजे बस्ने भएको छ । संसदमा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद् बैठक डाकिएको हो ।

मन्त्रिपरिषद्को बैठकमा कोरोना भाइरस नियन्त्रण, जारी लकडाउनलगायतका विषयमा छलफल हुँदैछ ।त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली दिउँसो १ बजे राष्ट्रिय योजना आयोगको बैठकमा सहभागी हुने उनका प्रेस सल्लाहाकार सूर्य थापाले बताए ।

यस्तै ४ बजे संसद भवन नयाँ बानेश्वरमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी