×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाविरुद्धको औषधि मानिसमा परीक्षण सुुरु, नतिजा आउन बाँकी

LAXMI SUNRISE BANK

कोरोनाविरुद्धको औषधि मानिसमा परीक्षण सुुरु, नतिजा आउन बाँकी

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अमेरिकाको एउटा बायोटेक्नोलोजिकल कम्पनीले अस्ट्रेलियामा कोरोनाभाइरस संक्रमणविरुद्धको औषधि मानिसमा परीक्षण सुरु गर्ने घोषणा गरेको छ । कम्पनीले यो औषधि यसै वर्षको अन्त्यसम्म आउने विश्वास लिएको छ। बायोटेक्नोलोजिकल कम्पनी नोभाभ्याक्सका प्रमुख अनुसन्धानकर्ता डा. ग्रिगोरी ग्लेनले कम्पनीले पहिलो चरणको परीक्षणका सुरु गरिसकेको र यसका लागि अस्ट्रेलियाको मेलबर्न र ब्रिस्बेन शहरका १३१ जना स्वयंसेवकमाथि यो औषधिको परीक्षण गरिने बताएका छन् । 
ग्लेनले म्यारिल्यान्डस्थित मुख्यालयमा आयोजित अनलाइन प्रेस कन्फ्रेन्समा भने, “हामी कोरोनाविरुद्धको भ्याक्सिन र औषधिकालाई एक साथै निर्माण गरिरहेका छौँ ता कि यसलाई हामी यो वर्षको अन्त्यसम्म आम मानिसका लागि उपलब्ध गराउने सक्नेछौँ ।” चीन, अमेरिका र युरोपमा करिब एक दर्जन भ्याक्सिनहरुमाथि प्रारम्भिक परीक्षण भइरहेको छ। तर यी भ्याक्सिनहरु सुरक्षित र प्रभावकारी हुन्छन् कि हुँदैनन् भनेर स्पष्ट भएको छैन। यी भयाक्सिनहरुको विकास र यिनीहरुले देखाउने प्रभाव फरकफरक भएकाले यिनीहरुको सफलतामा केही आशा लाग्दो संकेत देखिएको छ। – एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी