×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर ५७ लाख ८४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्वमा पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ४७३ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५७ लाख ८४ हजार ६०१ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार २८३ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५६ हजार ९३७ पुगेको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २४ लाख ९४ हजार ९५२ जना संक्रमण मुक्त भएका छन् । २९ लाख ३२ हजार ७१२ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५२ हजार ९७३ जनाको अवस्था गम्भीर छ । 
विहिबार बिहान ६ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ७० हजार ६३१ जनाको मृत्यु भएको छ । १९ लाख ५० हजार ८३ जना संक्रमित भएकोमा ९ लाख ३१ हजार ५६१ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १८ हजार ३४६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख ५२ हजार ६२४ पुगेको छ । त्यसमध्ये ६ लाख १० हजार ३२३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा २८ हजार ६८१ जनाको मृत्यु भएको छ । १० लाख २६ हजार १५५ जना संक्रमित भएकोमा ६ लाख ४ हजार १६४ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा ३५ हजार ४३० जनाको मृत्यु भएको छ । ७ लाख १९ हजार ६३३ जना संक्रमित भएकोमा २ लाख ८७ हजार ५०१ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ३ हजार ७१० जनाको ज्यान गएको छ भने १ लाख २६ हजार ६३८ जना संक्रमित छन् । संक्रमितमध्ये ५२ हजार ६२३ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ७४७ जना संक्रमित भएकोमा ८ हजार १२९ जना संक्रमणमुक्त भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी