×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दार्चुलामा पहिलो पटक भेटिए संक्रमित व्यक्ति : २१ वर्षिय युवकमा देखियो कोरोना ‘पोजेटिभ’, अन्य ३१९ जनाको रिपोर्ट आउँदै !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

दार्चुलामा पहिलो पटक भेटिए संक्रमित व्यक्ति : २१ वर्षिय युवकमा देखियो कोरोना ‘पोजेटिभ’, अन्य ३१९ जनाको रिपोर्ट आउँदै !

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दार्चुला । दार्चुलामा पहिलो पटक २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । जेठ ८ गते धारचुला नाकाबाट भित्रिएका महाकाली नगरपालिकाका पुरुषमा कोरोना पुष्टी भएको हो । उनी भारतको दिल्लीबाट आएको बुझिएको छ ।
उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए । जेठ ८ गते धारचुलाको नाकाबाट उनीसंगै ३१९ जना भित्रिएका थिए । २१ वर्षीय युवकलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा रखिएको थियो । उनी संगै बसेका अन्यको रिपोर्ट आउन बाँकी रहेको छ । कोरोना संक्रमितको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी