×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाङका १५ संक्रमितलाई कोरोना विशेष अस्पताल लगियो, संक्रमितको स्वास्थ्य अवस्था सामान्य

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

दाङका १५ संक्रमितलाई कोरोना विशेष अस्पताल लगियो, संक्रमितको स्वास्थ्य अवस्था सामान्य

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दाङ
  • अर्थ सरोकार सम्बाददाता 
दाङ । दाङमा बुधबार कोरोना पुष्टि भएका १५ जनालाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको छ ।लमहीमा रहेको शाहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको क्वारेन्टाइनमा बसेकामध्ये ८ जना र घोराहीमा पुष्टि भएका ७ गरी १५ जनालाई कोरोना विशेष अस्पताल बेल्झुण्डी लगिएको हो । कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
विशेष अस्पताल लगिएकाहरुमा लमही नगरपालिका वडा नम्बर १ का २६ वर्षीय पुरुष, वडा नम्बर २ का १७ र ३० वर्षीय पुरुष, वडा नम्बर ४ का २६ वर्षीय पुरुष, वडा नम्बर ५ का २० वर्षीय पुरुष र २० वर्षीया महिला, वडा नम्बर ६ का १८ वर्षीय पुरुष र लमही नगरपालिका वडा नम्बर ८ निवासी २३ वर्षीय पुरुष छन् ।
यस्तै घोराही उपमहाननगरपालिका १० का ३ जना वर्ष २४, ४०, ४० वर्षका पुरुष र वडा नम्बर १८ का ४ जना रहेका छन् । उनीहरु २४, २५, ४०, ४२ वर्षका पुरुष रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी