
- अर्थ सरोकार सम्बाददाता
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्के क्षेत्रको सिल हटेको छ । गत बैशाख ५ गते पहिलोपटक १२ जनामा कोरोना संक्रमण देखिएपछि सिल गरिएको भुल्के क्षेत्र एक महिना नौ दिनपछि सिल हटेको हो । उक्त क्षेत्रका शंकास्पद व्यक्ति, वस्ती, संक्रमित बाट उच्च जोखिममा रहेकाह व्यक्ति र उनीहरूको सम्पर्कमा रहेकालाई बारम्बार परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछि सो क्षेत्रको सिल हटाइएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
भुल्केमा ३२ जना १ जना सञ्चारकर्मीसहित उदयपुर जिल्लाभरिमा ३३ जना कोरोना संक्रमित् भेटिएका थिए । जसमा भुल्केका ३२ जना भने निको भएर घर फर्किएका छन् । समुदाय बाहिरबाट फेला परेको १ सञ्चारकर्मीको प्रादेशिक अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्