×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारसम्म ४७ जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति संक्रमित ? (विवरणसहित)

LAXMI SUNRISE BANK

बुधबारसम्म ४७ जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति संक्रमित ? (विवरणसहित)

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म कोरोना भाइरसको संक्रमण ४७ जिल्लामा देखिएको जनाएको छ । बुधबार रुकुम पूर्वमासमेत गरी नेपालमा कोरोना भाइरस संक्रमण ४७ जिल्लामा पुगेको हो । हालसम्म सबैभन्दा बढी संक्रमित बाँकेमा १७० जना रहेका छन् भने त्यसपछि कपिलवस्तुमा १०९ जना र रौतहटमा १०७ जना रहेका छन् । 
बुधबारमात्रै ११४ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कूल संक्रमितको संख्या ८८६ जना पुगेको छ । १८३ जना निको भएको मन्त्रलयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका गरी ४ जनाको मृत्यु भएको छ ।

हेर्नुहोस् कुन जिल्लामा कति संक्रमित ?

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी